Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सामाजिक सञ्जालबाट चुनावी प्रचार बढाउँदै उम्मेदवारहरू 

सामाजिक सञ्जालबाट चुनावी प्रचार बढाउँदै उम्मेदवारहरू 

images

इच्छाकामना न्युज

३०, आश्विन २०७९
सामाजिक सञ्जालबाट चुनावी प्रचार बढाउँदै उम्मेदवारहरू 
images

काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फतको प्रचारलाईलाई तीव्रता दिएका छन् । आआफ्नो निर्वाचन क्षेत्रको घरदैलो तथा सभासमारोहमा सहभागी हुनेक्रम नरोकिए पनि सामाजिक सञ्जालबाट मतदातासम्म पुग्ने अभियान गत वैशाखको अन्तिममा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपाली बढ्ने देखिएको छ ।

फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा उम्मेदवारहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, आफूलाई भोट दिन अनुरोध गर्ने तथा भोट माग्न कता जान लागेको भन्ने बारेमा जानकारी दिन थालेका विभिन्न सामग्री देख्न सकिन्छ ।

सीआईएनसँग कुरा गर्दै एकजना अनुसन्धानकर्ता उज्वल आचार्यले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्ष दुवै भएकाले उम्मेदवार अनि मतदाता सचेत हुनुपर्ने  बताउनुभयो ।

यसअघि सामाजिक सञ्जालमा आवबद्ध नभएका वा निस्क्रिय नेताहरू हिजोआज सक्रिए भएका छन् । निर्वाचन आयोगले भने निर्वाचनको खर्चमा सामाजिक सञ्जालमार्फत गरिएको लगानीको विवरण पनि समावेश गर्न उम्मेदवारहरूलाई भनिसकेको छ । 

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:१३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology