Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अमेरिकी उप–राष्ट्रपति ह्यारिसले लगाए कोरोना विरुद्धको खोप

अमेरिकी उप–राष्ट्रपति ह्यारिसले लगाए कोरोना विरुद्धको खोप

images

एजेन्सी

१५, पौष २०७७
अमेरिकी उप–राष्ट्रपति ह्यारिसले लगाए कोरोना विरुद्धको खोप
images

काठमाण्डौं, १५ पौष । 
अमेरिकाका नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । हिजो अमेरिकाको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणको क्रममा उहाँले कोरोना विरुद्धको खोप लगाउनुभएको हो । ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । 
यसअघि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोना विरुद्धको खोप लगाउनुभएको थियो । खोप लगाइसकेपछि उहाँले अरुलाई पनि खोप लगाउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले खोप लगाएको प्रतिक्रिया दिनुभयो । 
अमेरिका कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म एक करोड ९९ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 
अमेरिकामा कोरोना विरुद्धको खोपका लागि अनुमति पाउनेमा मोर्डना दोस्रो हो भने त्यसअघि फाइजर र बायो एनटेकले बनाएको खोपले पहिले अनुमति पाइसकेको र मानिसहरुलाई विभिन्न चरणमा लगाइँदैछ । 

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - ०९:१०:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology