Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

निर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ता आज

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ता आज

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ता आज
images

काठमाण्डौ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फकोउम्मेदवारी दर्ता आज गरिँदैछ । निर्वाचन आयोगले इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन गर्न सक्ने बताएको छ ।

मनोनयनका लागि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना भइसकेका छन् भने बिहान १० देखि साँझ ५ बजेसम्मउम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । ५ बजेभन्दा पछिको समयमा मनोनयन दिन आउनेको भने निवेदन नलिने आयोगले प्रष्ट पारेको छ ।

आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनराजनीतिक दलहरूलाई आग्रह गरेको छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढीपहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए आज बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गर्नुभयो । आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न पनि प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा ८७ दल दर्ता छन्  । तीमध्ये ७५ दललाई एकल निर्वाचनमा सहभागी हुन र १२ दललाई चार चिह्नबाट संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगले मान्यता दिएको छ । 

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology