Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मोरङको क्षेत्र नम्बर ६ ‘क’ मा माओवादी केन्द्रबाट प्रचण्डका कान्छा ज्वाइँलाई टिकट

मोरङको क्षेत्र नम्बर ६ ‘क’ मा माओवादी केन्द्रबाट प्रचण्डका कान्छा ज्वाइँलाई टिकट

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
मोरङको क्षेत्र नम्बर ६ ‘क’ मा माओवादी केन्द्रबाट प्रचण्डका कान्छा ज्वाइँलाई टिकट
images

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।

प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू)ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । क्षेत्र नम्बर २ को क बाट माओवादी केन्द्र प्रदश १ कमिटी सचिव गणेश उप्रेतीले टिकट पाएका छन् । २०७४ सालको निर्वाचनमा उनी सो क्षेत्रबाट पराजित भएका थिए ।

मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यले टिकट पाएका छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । यो पटक तबदारलाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १९:१७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology