Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवन ३ मा प्रचण्डले छाडेपछि माओवादीले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनायो

चितवन ३ मा प्रचण्डले छाडेपछि माओवादीले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनायो

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
चितवन ३ मा प्रचण्डले छाडेपछि माओवादीले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनायो
images

चितवन । मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिवार) बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन ३ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो । यसपटक प्रचण्डले चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने निर्णय गरिसकेका छन् ।

अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन् । यस्तै प्रदेश ३ (ख) मा ठाकुर प्रसाद ढकाललाई माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । उनि माडी नगरपालिकाका निवर्तमान मेयर हुन् ।

 

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १९:१३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology