Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवन १ मा सुरेन्द्र पाण्डेको टिकट अझै अनिश्चित, ओलीको रोजाईमा जेएन थपलिया

चितवन १ मा सुरेन्द्र पाण्डेको टिकट अझै अनिश्चित, ओलीको रोजाईमा जेएन थपलिया

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
चितवन १ मा सुरेन्द्र पाण्डेको टिकट अझै अनिश्चित, ओलीको रोजाईमा जेएन थपलिया
images

चितवन । नेकपा (एमाले)ले चितवन क्षेत्र नं.१ को टुंगो लगाउन ढिलाई गरेको छ । बागमती प्रदेशका सबैजसो जिल्लाको टिकट टुंगो लगाएको एमालेले बलियो मानिएको चितवन क्षेत्र नं.१ को टिकट टुंगो लगाउन ढिलाई गरेको छ ।

यस क्षेत्रबाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलियाको नाम सिफारिस भएपछि पार्टी नेतृत्वले टिकट टुंगो लगाउन ढिलाई गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थपलियालाई उम्मेदवार बनाउन चाहेका छन् ।

पाण्डे नेकपा विभाजन हुने क्रममा माधव नेपाललाई साथ दिएका थिए । नेपालले अन्तिम अवस्थामा पार्टी फुटाउन थालेपछि मात्रै उनी एमालेमै रहँदै ओलीको साथमा पुगेका थिए ।

उनी ओलीकै चाहनामा सौराहामा भएको दशौं महाधिवेशनबाट एमालेको उपाध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी ओलीको बचाउँ गर्दै आइरहेका छन् । तर ओलीको खास नेताको रुपमा चिनिएका थपलियाको टिकट पाउने संभावना पनि बलियो छ । स्रोत भन्छ–‘ओलीको चाहना जेएन थपलिया नै हो, आज टिकट टुंगो लाग्छ ।’

क्षेत्र नं.१ को प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगो लागेको छैन । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका सबै पालिकाहरुमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए । दुई पालिकामा भने एमालेले उपप्रमुखमा जित हात पारेको थियो ।

यस्तै एमालेले क्षेत्र नं.३ को पनि टुंगो लगाउन बाँकी राखेको छ । यस क्षेत्रमा राप्रपासंग तालमेल गर्ने भएकाले एमालले टिकट टुङग्याउन सकेको छैन । एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल सिफारिसमा परेका थिए । तर तालमेलको प्रयासले उनको टिकट खोसिने संभावना पनि बढेको छ । स्रोत भन्छ–‘राप्रपासंग आज निर्णायक टुंगो लाग्दैछ, चितवन ३ राप्रपालाई दिएर विक्रम पाण्डे उठ्ने संभावना बलियो छ, राप्रपाले नपाए रामप्रसाद न्यौपाने नै फाइनल उम्मेदवार हो ।’

एमालेले यस क्षेत्रको प्रदेशसभातर्फको (क) मा कृष्ण भुर्तेल र (ख) सरस्वती विष्टलाई टिकट दिएको छ ।

त्यस्तै एमालेले क्षेत्र नं.२ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभामा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले नै टिकट पाएका छन् प्रदेशतर्फ (क)मा कृष्ण सिलवाल र (ख)मा देवी ज्ञवालीले टिकट पाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:२६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology