Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एमालेमा ओलीको प्रतिशोधः फरक मत राख्ने अधिकांश नेता दण्डित

एमालेमा ओलीको प्रतिशोधः फरक मत राख्ने अधिकांश नेता दण्डित

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
एमालेमा ओलीको प्रतिशोधः फरक मत राख्ने अधिकांश नेता दण्डित
images

काठमाडौँ । नेकपा (एमाले)ले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरुलाई पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूसंग फरक मत राख्दै आएका नेताहरुलाई टिकट कटौती गर्दै प्रतिशोध साधेका छन् । राप्रपालाई टिकट छाड्ने बहाना गरेपनि विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरुलाई समेत ओलीले टिकट दिएका छन् । लामो समय एमालेमा क्रियाशिल नेताहरुलाई भने ओलीले पाखा लगाएका छन् ।

अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई भने प्रतिनिधिसभा उम्मेदवारीबाट वञ्चित गरिएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।

अछाम–१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरा यो क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । १० बुँदे सहमतिको पहल गरेका रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।

अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । राप्रपाले रूपन्देहीबाट दीपक बोहोरालाई उम्मेदवार बनाउनेछ ।

ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ । सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।

अध्यक्ष ओलीलाई साथ दिँदै आएका कतिपय नेताहरू पनि यसपालि पछि परेका छन् । दोलखाबाट पूर्वमन्त्री पार्वत गुरुङको सट्टा व्यापारी बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:२३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology