Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राजनिति

चितवनका कांग्रेस र माओवादी नेतालाई प्रचण्डले भनेः ‘यसपटक अन्तै निर्वाचन लड्न सक्छु

चितवनका कांग्रेस र माओवादी नेतालाई प्रचण्डले भनेः ‘यसपटक अन्तै निर्वाचन लड्न सक्छु

इच्छाकामना न्युज

१९, आश्विन २०७९
चितवनका कांग्रेस र माओवादी नेतालाई प्रचण्डले भनेः ‘यसपटक अन्तै निर्वाचन लड्न सक्छु

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई केही गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन् । चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मिहिनेत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने उनीहरूको तर्क छ ।

images

'चितवनको अवस्था के छ थाहा छैन तर गोरखा आउने हो भने मनोनयनपत्र दर्ता गरे पुग्छ, हामी जिताएर पठाउँछौं,’ गोरखाका प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट स्रोतले भन्यो, ’अध्यक्ष रोल्पा, काठमाडौं, मधेस र चितवन जानुभयो, अब गोरखाको पालो । हिजो जनयुद्धमा रोल्पाले जस्तै गोरखाले पनि त्याग गरेको छ, अब उहाँलाई हामीले जिताउन पाउनुपर्छ ।’

यसपालि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीको चुनाव चिह्न लिएर लड्न लागेका बाबुराम भट्टराईले समेत निर्वाचन नलड्ने भनेपछि प्रचण्ड गोरखा आउनैपर्ने उनीहरूको दबाब छ । गोरखा–२ बाट २०७० को निर्वाचन जितेका माओवादी केन्द्रका सचिव हितराज पाण्डेले भने प्रचण्ड गोरखा आउने चर्चा चले पनि टुंगो नलागिसकेको बताए ।

प्रचण्डले पनि गोरखाबाट निर्वाचन लड्नुपर्ने प्रस्तावलाई गम्भीर रूपमा लिएको भन्दै आफू चितवनबाटै निर्वाचन लड्ने बताएका थिए । तर सोमबार भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता -कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए ।

’माडीदेखि नारायणघाटसम्मका गठबन्धन पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू खुमलटार आएका थिए । हामीभित्र धेरै कुरा होलान् तर अध्यक्षलाई रेनुजीलाई भन्दा ठूलो अन्तरले जिताउँछौं भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले भनेका छन्,’ माओवादीका एक नेताले भने, ’गोरखाका साथीहरूले पनि उतै आउनुप¥यो भन्नुभएको छ । प्रचण्ड भनेको घुमिराख्ने हो भन्नेजस्तो भइसकेको छ । त्यो हिसाबले उहाँलाई गोरखा वा अन्तबाट लड्न अप्ठ्यारो छैन । चितवनबाट लड्न पनि अप्ठ्यारो छैन ।’

चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता–कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरक–फरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए ।

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - १०:५४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology