Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आगामी निर्वाचनको भूमिकाको आधारमा मात्र जगन्नाथ पौडेल लगायत नेताहरुको कारवाही फुकुवा हुने

आगामी निर्वाचनको भूमिकाको आधारमा मात्र जगन्नाथ पौडेल लगायत नेताहरुको कारवाही फुकुवा हुने

images

इच्छाकामना न्युज

१८, आश्विन २०७९
आगामी निर्वाचनको भूमिकाको आधारमा मात्र जगन्नाथ पौडेल लगायत नेताहरुको कारवाही फुकुवा हुने
images

चितवन । नेपाली कांग्रेसले आसन्न संघ र प्रदेश निर्वाचनमा खेल्ने भूमिकाको आधारमा मात्रै कारवाही फुकुवा प्रक्रिया अघि बढाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्काल कारवाहीमा परेकाहरुलाई फुकुवा नगर्ने निर्णय गरेको हो ।

उसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील समेत गरेको छ ।

आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने बैठकले निर्णय गरेको हो ।

गत स्थानीय निर्वाचनमा पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै पूर्वसांसद कांग्रेस नेता जगन्नाथ पौडेललगायतका नेताहरु कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही फिर्ताको माग गर्दै कांग्रेस चितवन केन्द्रलाई पत्र समेत पठाएको थियो । तर कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार तत्काल उनीहरुको कारवाही फुकुवा नहुने भएको छ ।

विद्रोही उम्मेदवार बनेका जग्गनाथ पौडेलले पार्टीले कारवाही फुकुवा गरे पार्टीमा सक्रिय भएर लाग्ने बताउँदै आएका थिए ।

images
प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - ११:१९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology