Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाली कांग्रेसको उम्मेदवार बन्न मापदण्ड : स्थानीय तहमा उम्मेदवार बनेकाले बन्न नपाउने

नेपाली कांग्रेसको उम्मेदवार बन्न मापदण्ड : स्थानीय तहमा उम्मेदवार बनेकाले बन्न नपाउने

images

इच्छाकामना न्युज

१८, आश्विन २०७९
नेपाली कांग्रेसको उम्मेदवार बन्न मापदण्ड : स्थानीय तहमा उम्मेदवार बनेकाले बन्न नपाउने
images

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न संघ र प्रदेश निर्वाचनमा उम्मेदवार छान्न मापदण्ड बनाएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रस्तावहरु सर्वसम्मत पारित गर्दै उम्मेदवार छान्न मापदण्ड बनाएको हो ।

यस्तै उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील गरेको छ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने बैठकले निर्णय समेत गरेको छ ।

यस्तै असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् बसेको बैठक प्रतिनिधि सभा एवं प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयनमा प्रवेश गरेको छ ।

कांग्रेसले विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक समेत शुभकामना व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - ११:१५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology