Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन विशेष

इच्छाकामनामा ५ सहित चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु

इच्छाकामनामा ५ सहित चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु

इच्छाकामना न्युज

१७, आश्विन २०७९
इच्छाकामनामा ५ सहित चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो केहि हप्ता यता डेंगुका संक्रमित थपिने क्रम बढेको छ । चितवनमा जिल्ला बाहिरबाट आउने विरामीमा समेत धमाधम डेंगु पुष्टि हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन् । जसमध्ये चितवनका ४७ संक्रमित हुन् भने ठेगाना नखुलेका तीन र चितवन बाहिरका दुई संक्रमित छन् ।

images

चितवनमा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ५ हजार १४४ जनाको परीक्षण गर्दा ९८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका ६५१ जना हुन् भने ठेगाना नखुलेका ११६ र अन्य जिल्लाका २१४ जना छन् । हालसम्म दुई संक्रमितको मृत्यु भइसकेको छ ।

चितवनका ६५१ संक्रमितमध्ये भरतपुरका मात्रै ४४४ संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । खैरहनीका ५३, माडीका १९, रत्ननगरका ७६, राप्तीका ३६, कालिकाका ८ र इच्छाकामनाका ५ संक्रमित रहेका छन् । यस वर्ष चितवन लगायत देशभर डेंगुले महामारीको रुप लिएको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - ०८:१३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology