Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वदेश फिर्ती

विदेशबाट फर्किएकाहरू नेपालमै काम गर्न चाहन्छन्, तर वातावरण नहुँदा समस्या

विदेशबाट फर्किएकाहरू नेपालमै काम गर्न चाहन्छन्, तर वातावरण नहुँदा समस्या

images

सिआईएन

१५, आश्विन २०७९
विदेशबाट फर्किएकाहरू नेपालमै काम गर्न चाहन्छन्, तर वातावरण नहुँदा समस्या
images

सुसिला श्रेष्ठ, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किकाहरूले विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभव आफ्नै देशमा प्रयोग गरुन् भन्ने उदेश्य र योजना सरकारको छ । योजना अनुरूप वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई देशमै पुनः एकीकरण गर्ने कार्यक्रम पनि सरकारले ल्याएको छ । जसका लागि आवश्यक निर्देशिका जारी भयो । तर, साढे २ महिना भयो, सामान्य छलफल बाहेक कुनै उपलब्धि भएको छैन । रोजगारीको खोजी गर्दै विदेशीने युवाको सङ्ख्या पछिल्लो ६ वर्षमा ७२ लाखभन्दा बढि छ । तर, ती मध्ये कति नेपाल फर्किए भन्ने तथ्याङ्क पनि सरकारसँग छैन । आर्थिक सर्वेक्षणले भने करिब ४४ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको देखाउँछ । यसरी हेर्दा करिब २८ लाख नेपाली वैदेशिक रोजगारीपछि नेपाल फर्किसकेका हुन सक्छन् । सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप, पुँजी र प्रविधिलाई उपयोग गर्दैउनीहरूलाई रोजगारीमा आबद्ध गराउन पुनः एकीकरण कार्यक्रम अवधारणा ल्याएको छ । कार्यक्रमले बजारको माग र व्यक्तिको क्षमता अनुसार रोजगारीको व्यवस्थापनमा सहजीकरणगर्नेछ भने रोजगारीमा आबद्ध गराउन श्रम बजारको आवश्यकतामा आधारित व्यवसायिक र व्यवस्थापकीय सीपमूलक तालिम प्रदान प्रदान गर्नेछ । जसको कार्यान्वयनका लागि सरकारले आवश्यक निर्देशिका पनि जारी गरेको छ । तर, निर्देशिका जारी भएको साढे २ महिनासम्म  कार्यक्रम कसरी गर्ने छलफलमा मात्रै सिमित रहेको छ । निर्देशिकामा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारबाट फर्केकालाई समाजमा अन्तरघुलन गराउनका लागि पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गरिने छ । तर,पैदेशिक रोजगार बोर्डका अनुसार कार्यक्रम भने दसैँ तिहारपछि मात्रै कार्यान्वयनमा आउने छ । 

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:४५:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology