Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

खसीबोका बेचेर दसैँ मनाउने किसानको योजना 

खसीबोका बेचेर दसैँ मनाउने किसानको योजना 

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
खसीबोका बेचेर दसैँ मनाउने किसानको योजना 
images

पवित्रा पराजुली, नवलपुर । दसैँ नजिकिएसँगै गाउँदेखि सहरसम्म मासुका लागि खसीबोकाको किनबेच हुने गर्छ । यसवर्ष पनि दसैँका लागि गाउँगाउँबाट खसीबोका खरिद गरी व्यापारीहरुले सहरमा पु¥र्याइरहेका छन् । कालिका नगरपालिका चितवनका आठ सय किसान परिवार खसीबोका बेचेरै दसैँ खर्च चलाउँदै छन् । कालिका ८ का उन बहादुर खतिवडाले १८ वटा बाख्रा पाल्नुभएको छ । दसैँ टार्ने र वर्षभरीको खर्च धान्ने स्रोत भनेकै बाख्रा पालन हो ।

यसपाली ४ वटा खसीबोका बेच्नका लागि ठिक्क भएका छन् । त्यही आम्दानीले जहान परिवारलाई नयाँ कपडा किनिदिने र दसैँ मनाउने योजनामा खतिवडा हुनुहुन्छ । कालिका ८ कै डोरकुमारी बस्नेतको खोरमा पनि ३० वटा स्थानीय जातका खसी बोका बेच्नका लागि ठिक्क छन् । दसैँ नजिकिएसँगै खसी बोका किन्न ग्राहकहरु घरैमा आईपुग्छन् ।

बजारको कुनै समस्या छैन । यसपटक आम्दानी राम्रो हुने उहाँको अपेक्षा छ । दसैँै यसैपनि रमाइलोको पर्व हो । अझै बालबालिका चाडपर्व भनेपछि खुब रमाउँछन् । कालिका नगरपालिका क्षेत्रका अधिकांश परिवारले बाख्रा पालन गरेका छन् । उनीहरुको प्रमूख आम्दानीको स्रोत पनि यही हो । गाउँमा सहकारी आएसँगै किसानले तालिम र अनुदान पाएका छन् ।

कालिका नगरपालिकामा पहाडी भु–भागका अधिकांश किसान कृषि कर्ममा जोडिएका छन् । चाडपर्व होस् वा जीवन गुजारा चलाउन, यहाँका मानिसहरू बाख्रा पालनमा निर्भर छन् । 

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:४४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology