Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राजनिति

चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले बुझाए गाडी

चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले बुझाए गाडी

यी हुन् पाँच वर्षमा उनले गरेका काम

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले बुझाए गाडी
images

चितवन । २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आफुले पाँच वर्षमा गरेका कामको विवरण प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति समेत रहेका पोखरेलले आफुले प्रयोग गर्दै आएको गाडीलगायतका सरकारी सेवा सुविधा शुक्रबार संसदलाई बुझाएर क्लियरेन्स लिएका छन् । समितिको सभापति रहेर उनले ४ वर्षभन्दा बढी समय काम गरे ।

उनको नेतृत्वमा १७६ वटा भन्दाबढी कानुनहरूलाई सर्वसम्मत रूपमा संसोधन गरी न्यायोचित व्यवस्थासहित संविधान अनुकुल बनाइएको छ । खाद्य अधिकार, स्वास्थ्यको अधिकार, आवासको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार जस्ता मौलिक हकहरू कार्यान्वयनको लागि १६ वटा नयाँ कानुनहरू पनि यसै अवधिमा निर्माण भएका उनले बताए । यद्यपी कार्यान्वयनको चरण भने चुनौतीपूर्ण रहेकाले यसमा सबै प्रतिबद्ध हुनुपर्ने उनले बताएका छन् ।

‘म पहिलो पटक निर्वाचित हुँदा दाहाखानी, काउले, चण्डीभन्ज्याङ र दारेचोकमा विजुली थिएन, अहिले अधिकांश ठाउँमा विजुली पुगेको छ । ईच्छाकामना–२ लगायतका क्षेत्रमा १० करोड भन्दाबढी बजेट विद्युत विस्तारका लागि परेर पनि ठेकेदारको लापरवाहीको कारण काम हुन सकेको छैन, ठेकेदारलाई कालोसुचीमा राखी नयाँ ढंगवाट काम अगाढी वढाउन प्रयास भएको छ’, आफुले गरेका कामबारे यसो भनेका छन् ।

310135467_5496084627123691_6410535889076068595_n.jpg

शक्तिखोर–फिस्लिङ बाटो ७८ करोडको लागतमा निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । भोर्ले–दाहाखानी सडक २५ करोडको लागतमा निर्माण काम शुरूवात भएको छ । भौतिक निर्माणका लागि स्थानीय तहलाई नै मजवुत बनाउनुपर्छ भनि केन्द्रबाट बढी भन्दा बढी बजेट पठाउने नीतिगत प्रवन्ध गर्न आफ्नो ठाउँबाट लागेको उनले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीले गोन्द्राङ–पुल्चोक बाटो छ लेनमा विस्तार र सभा गृह भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलान्यास गरि विकासका महत्वपूर्ण पहलकदमी सुरूवात भएको उनले बताए ।

केन्द्रीय बजेटवाटै बाईपास सडक विस्तारको काम अगाडि बढेको उनको भनाई छ । नारायणी माविलगायत १३ वटा माध्यमिक विद्यालयमा आर्थिक सहयोग गरेको उनले बताए । जेष्ठ नागरिक भवन भरतपुर र प्रेमवस्ती, थारू संग्रहालय पदमपुरलाई आफ्नो पहलमा बजेट पारेको भन्दै उनले बाह्रघरे स्पोर्ट गृह बनिसकेको बताए । ‘जनतासँग गरेका प्रतिवद्दता कतिपय पुरा गर्न प्रयास गर्दा गर्दै पुरा गर्न नसकिएकोमा क्षमा चाहन्छु’,उनले लेखेका छन्, ‘बहुविवाह सदाका लागी अन्त्य, बलात्कार लगायत विभिन्न ६ प्रकारका जघन्य अपराधीलाई आजिवन कारागारमा नै रहनुपर्ने व्यवस्था, सम्पत्तिमा महिलाको समान हक जस्ता राम्रा प्रवन्ध भएका छन् ।’

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०८:१६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology