Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कर्णाली प्रदेशमा यौनजन्य हिंसाका घटना बढ्यो 

कर्णाली प्रदेशमा यौनजन्य हिंसाका घटना बढ्यो 

images

सिआईएन

१४, पौष २०७७
कर्णाली प्रदेशमा यौनजन्य हिंसाका घटना बढ्यो 
images

सिर्जना बुढाथोकी, सुर्खेत, १४ पुस । जनचेतनाको कमि र कानुन कार्यान्वयनमा कडाइ नहुँदा कर्णाली प्रदेशमा यौनजन्य हिंसाका घटना बढेको पाइएको छ । पीडक कारबाहीमा नपर्ने परिपाटीका कारण पीडितहरू प्रहरी प्रशासनसम्म नपुग्दा पनि समस्या हुने गरेको छ ।  
बलात्कार लगायतका जघन्य अपराधमा संलग्नलाई कारबाही गर्नका लागि नेपालको कानुन र संविधानले छेक्दैन । तर राजनीतिक तथा पहुँचकै कारण बलात्कारमा संलग्नलाई कारबाही नहुने परिपाटी बढ्दै गएपछि पीडितहरू पनि खुल्न छोडेको  अधिकारको क्षेत्रमा क्रियाशील महिला शसक्तिकरणका लागी महिला संस्थाका कार्यकारी निर्देशक मधुरानी ढकाल बताउँनुहुन्छ ।  
प्रहरीको तथ्याकं अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७६÷०७७ मा जबरजस्ती करणीका १ सय ४१, जबरजस्ती करणी उद्योगका ५६, अपहरण गरि जबरजस्ती करणीका २, अप्राकृतिक मैथुनका १ र बाल यौन दुराचारका ६ वटा घटना भएका छन् । 
मानवीय चेतनामा भएको कमिका कारण नागरिकमा अपराधिक मानसिकता बढेको टिप्पणी गर्नु हुन्छ मध्यपश्चिमान्चल विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गराइरहनुभएका भ्युसिंह बुढा । चालु आर्थिक वर्षको पुस महिनासम्म जबरजस्ती करणीका ६३, जबरजस्ती करणी उद्योगका २६, अपहरण गरी जबरजस्ती करणी १, अप्राकृतिक मैथुनका १ र बाल यौनदुराचारका ३ वटा घटना भएका छन् । 
यस्ता घटनामा हुने मिलापत्रलाई कुनै पनि हालतमा नियन्त्रण गरिने बताउनुहुन्छ कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठ ।  
यौनजन्य हिंसामाकमै उमेरका किशोरीहरु पर्ने गरेको तथ्याङ्क प्रहरीसँग छ । भएको कानुन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकार पनि छन् । तर अभिभावकले आफ्ना बालबालिकाको संगतको सँग छ, के गर्दैछन् भन्ने बारेमा निगरानी राख्नुपर्ने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १९:४८:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology