Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो

अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो

images

इच्छाकामना न्युज

१४, पौष २०७७
अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो
images

ताप्लेजुङ, १४ पौष । 
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाण्डौबाट गएको सिम्रिक एअरको हेलिकप्टरले पानी खसालेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी झेन्द्रप्रसाद चापागाईँले बताउनुभयो । हेलिकप्टरमार्फत चार पटक पानी खसाले पनि आगो नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी चापागाईँले बताउनुभयो । 
डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । 
अहिले पूजा गरिँदै आएको पाथीभरा मन्दिर भने तत्कालका लागि सुरक्षित भएको छ ।
हेलिकप्टरले हिजो पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेको र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताउनुभयो। तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उहाँले बताउनुभयो।
आज (मङ्गलबार) पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उहाँले बताउनुभयो । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०८:५३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology