Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चाडपर्वमा बजार अनुगमन तीव्र, हालसम्म साढे तीन लाखभन्दा बढी जरिवाना 

चाडपर्वमा बजार अनुगमन तीव्र, हालसम्म साढे तीन लाखभन्दा बढी जरिवाना 

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
चाडपर्वमा बजार अनुगमन तीव्र, हालसम्म साढे तीन लाखभन्दा बढी जरिवाना 
images

काठमाण्डौ । वाणिज्य तथा आपूर्ति संरक्षण विभागले चाडपर्व लक्षित अनुगमन तीव्र पारेको दावी गरेको छ । असोज १ गते यता विभागले चाडपर्व लक्षित अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा पछिल्लो तीन दिनमा मात्रै उपभोक्ता संरक्षण ऐनलाई पालना नगर्ने व्यवसायीलाई साढे तीन लाखभन्दा बढी जरिवाना गरेको छ ।

अनुगमनका क्रममा मूल्य सूची, दर्ता प्रमाण पत्र नराख्ने व्यवसायीलाई ५० हजार, खरिद विल बिजक नराख्ने व्यवसायीलाई १५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ भने कसुर अनुसार सम्झाई बुझाई छोड्ने गरिएको छ ।

विभागले औषधि विज्ञ, खाद्य विज्ञ, नापतौल विज्ञ, मासु विज्ञसहित क्षेत्र अनुसारको विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको विभागका प्रवक्ता होमनाथ भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

चाडपर्वको समयमा समेत अनुगमनका लागि विशेष टोलीको व्यवस्था गरिएकाले ११३७ मा सम्पर्क गरि उजुरी गर्न विभागको अनुरोध छ ।

यस्तै गृह मन्त्रालयसँग समन्वय गरि ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई तत्काल जरिवाना गर्न सक्ने अधिकारसहित निरीक्षण अधिकृत तोकि बजार अनुमगन तीव्र पार्न विभागले अनुरोध गरेको छ । विभागले नियमित, आकस्मिक र उजुरीको आधारमा बजार अनुगमन गर्दै आएको छ । 

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:१८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology