Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोग्य सामग्री नपाएको उपभोक्ताको गुनासो 

सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोग्य सामग्री नपाएको उपभोक्ताको गुनासो 

images

सिआईएन

१०, आश्विन २०७९
सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोग्य सामग्री नपाएको उपभोक्ताको गुनासो 
images

सजना तिमल्सिना, काठमाडौँं । दसैँ तिहार लगायतका चाडबाड लक्षित गर्दै सरकारले ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । यस्ता पसलमा ७ देखि १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । तर, उपभोक्ता भने सहुलियत पसलमा दैनिक उपभोग्य सामग्री नै नराखिएको गुनासो गर्छन् ।

सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले सुपथमूल्य पसल सञ्चालन गरेका हुन् । दसैं–तिहार र छठमा सबैभन्दा धेरै खपत हुन्छ चिनी र घिउ । तर, यिनै वस्तु सुपथ पसलमा पाइँदैन । चिनीबाहेक अन्य खाद्यान्नमा भने प्रतिकिलो र लिटरमा १० रुपैयाँसम्म छुट दिइएको छ ।

तर, त्यसमा कर लगाउनु पनि राम्रो नभएको उपभोक्ता बताउँछन् । सुपथ मूल्यका पसल सञ्चालन भएको एक हप्तामा काठमाडौं उपत्यकाका ४ वटा पसलबाट मात्रै झण्डै ५ हजार उपभोक्ताले सुविधा लिएका छन् । तर, पसलमा अत्यावश्यक वस्तु नभएको र कर थपेको बारेमा अरु जिल्लाबाट पनि गुनासो आएको छ ।

चिनी, घीउ लगायतका वस्तुमा किलोमा बजारमाभन्दा ७ देखि १० रुपैयाँ सस्तो सुपथ मूल्य पसलमा पर्छ । खाद्यान्नदेखि इनडक्सन चुलो लगायत २९ वटा सामग्रीको किनबेच हुने यी पसलबाट खुद्रा व्यापारीले सामान किनेर फेरि महङ्गोमा बेच्ने गरेको आरोप पनि लाग्ने गरेको छ । यस बारेमा पनि अनुगमन र नियमन कसरी गर्ने भन्ने बारेमा सरकारले छलफल गरिरहेको जनाएको छ । 

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:१६:१६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology