Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केबलकार आज बाट एक हप्ताका लागि बन्द 

मनकामना केबलकार आज बाट एक हप्ताका लागि बन्द 

इच्छाकामना न्युज

१४, पौष २०७७
मनकामना केबलकार आज बाट एक हप्ताका लागि बन्द 
images

मनकामना, १४ पौष । मनकामना केबलकार आजबाट एक हप्ताका लागि बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले आज (मङ्गलबार) देखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ । आउँदो २१ गतेदेखि भने सेवा सुरु हुने छ ।
कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मङ्सिर २८ गतेदेखि  सञ्चालनमा आएको थियो । भक्तजनको सङ्ख्या दिनहुँ बढे पनि मर्मत गर्नुपर्ने भएकाले अहिले एक हप्ताका लागि सेवा रोकेको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुला नै रहने छ । 

images
images

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०८:२६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology