Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालमा समाजवादी क्रान्ति माओवादीकै नेतृत्वमा हुन्छ : सांसद हरिराज अधिकारी

नेपालमा समाजवादी क्रान्ति माओवादीकै नेतृत्वमा हुन्छ : सांसद हरिराज अधिकारी

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
नेपालमा समाजवादी क्रान्ति माओवादीकै नेतृत्वमा हुन्छ : सांसद हरिराज अधिकारी
images

गोरखा  । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारीले नेपालमा समाजवादी क्रान्ति माओवादीकै नेतृत्वमा हुने दावी गर्नुभएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन भीमसेन थापा गाउँपालिका समितिको आज भएको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुदै उहाँले समाजवादी क्रान्तिको नयाँ मौलिक बिचार बिकास गर्ने क्रममा नेपालबाट नयाँ शिक्षा दिनुपर्ने बताउनुभयो ।

 ‘समाजवादी क्रान्ति हामो नेतृत्वमा हुन्छ, त्यसका लागी वर्तमान संबिधान हुबहु कार्यान्वयन हुनुपर्छ, उहाँले भन्नुभयो, शिक्षा स्वास्थ्य, रोजागार ज्ञारेन्टी गरिनेछ भनेर मौलिक हकमा लेखिएको छ, यसको कार्यान्वयन हुने कुराले समाजवादको आधार तयार हुन्छ ।’ उहाँले माओवादीले संबिधान निर्माण गर्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका केही बिषयमा नोट अफ डिसेन्ट राखेको भन्दै अबको संघ र प्रदेशको निर्वाचनपछि पार्टी नयाँ ढंगले अघि बढ्ने बताउनुभयो । 

उहाँले राष्ट्रियताको पक्षमा दृढता पूर्वक उभिने पाटी नेकपा माओवादी केन्द्र मात्र भएको समेत दावी गर्नुभयो । नेता अधिकारीले नेपालको राष्ट्रियता भौगोलिक अखण्डताका सवालमा माओवादीले कहिलै कसैसंग सम्झौता गर्न नसक्ने बताउनुभयो । केन्द्रीय सदस्य अधिकारीले केही दल र तिनका नेताहरुले नक्कली राष्ट्रवादको खोल ओडेर जनतामा भ्रम सिर्जना गर्ने प्रयास गरेको समेत आरोप लगाउनुभयो ।

 ‘राष्ट्रियताको सवालमा यो देशलाई माया गर्ने असली शक्ति नेकपा माओवादी केन्द्र नै हो, उहाँले भन्नुभयो, कसैले जवरजस्ती भ्रम फिँजाउन खोजेर नेपाली जनताले अब बिश्वास गर्दैनन् ।’ नेता अधिकारीले एमाले सरकारमा रहदा आफैले तयार पारेको नागरिकता सम्बन्धी बिद्येयकको बिरोध गरेपछि उसको नक्कली राष्ट्रबाद छर्लङ भएको स्पस्ट पार्नुभयो । 

उहाँले शान्ति प्रक्रियामा आएपछि सवै माओवादीले भनेजस्तो नभएपनि माओवादी पार्टी बिचार, आर्दश र उद्देस्यबाट बिमुख भने नभएको बताउनुभयो । माओवादीमा पछिल्लो समय केन्द्रीकरणको प्रभाव बढ्दै गएको भन्दै नेता अधिकारीले अब बामपन्थीहरु कसैसंग एकता र कसैसंग सहकार्य गर्दैै अघि बढ्ने बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - २०:३७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology