Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रसुवामा सडक अवरुद्ध हुँदा लाखौँ मूल्यको आलु घरमै थन्कियो 

रसुवामा सडक अवरुद्ध हुँदा लाखौँ मूल्यको आलु घरमै थन्कियो 

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
रसुवामा सडक अवरुद्ध हुँदा लाखौँ मूल्यको आलु घरमै थन्कियो 
images

देवचन्द्र भट्ट, नुवाकोट । सडकमार्ग सञ्चालन नहुँदारसुवाका किसानले उत्पादन गरेको आलु बिक्रि गर्न समस्या भएको छ । रसुवाका पाँच वटा गाउँपालिकामा उत्पादन भएर बिक्रिका लागि तयार पारिएको ४० लाख मुल्यको २० ट्रकभन्दा बढी आलु अलपत्र परेको किसानहरूले गुनासो गरेका छन् । रसुवा आलुका लागि प्रख्यात मानिन्छ ।

जिल्लाका हिमाली क्षेत्रमा धान उत्पादन नहुने हुँदा किसानले आलुबाटै खाद्यान्न र अन्य अन्नको जोहो गर्दै आएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएपछि किसानले यसवर्ष उत्पादित आलु बिक्रि गर्न पाएका छैनन् । सानुभार्खु, ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो ।

लाखौँको आलु त्यस्तै थन्किँदा चाडपर्व मनाउने खर्चसमेत जोहो गर्न नसकिएकोस्याफ्रु ब्रावलका किसान मङ्गल तामाङले बताउनुभयो । अवरुद्ध सडक तत्काल सुचारू गराउन किसानले सरोकारवाला निकायसँग माग गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:३१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology