Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कृषिमा अनुदान पाएपछि नवलपरासीका किसान खुशी 

कृषिमा अनुदान पाएपछि नवलपरासीका किसान खुशी 

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
कृषिमा अनुदान पाएपछि नवलपरासीका किसान खुशी 
images

पवित्रा पराजुली, नवलपुर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ बाट यो क्षेत्रलाइ तरकारी जोनको रुपमा बिकास गरेपछि निर्वाहमुखी खेती गर्दै आएका किसानहरू व्यावसायिक भएका छन् ।

तरकारी खेतीले नागरिकको जीवन स्तर फेरिँदै गएको छ । हाल नवलपुरका कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत तरकारी जोन परियोजना चलिरहेको छ । तीन स्थानीय तहका ९९ समुह, ६ सहकारी र ५२ उद्यमी गरेर १ सय ५७ सङ्घ, सस्था तथा समुह तरकारी जोनमा आवद्ध छन् । यसबाट प्रत्यक्ष रूपमा दुई हजार ३ सय ५५ घरधुरी तरकारी जोनमा जोडिएका छन् ।

तरकारी जोनमा जोडिएकाहरूका लागि विशेष गरी काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकतामा राखिएको छ । कावासोतीको वडा नम्बर ४,९,१०,१२,१५,१६ र १७तथा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १,२,३,६,९ नम्बर वडाका नागरिक व्यावसायिक तरकारी खेतीमा संलग्न भएका छन् । हुप्सेकोट गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ वडामा तरकारी जोन कार्यक्रम सञ्चालनमा रहेको छ । परियोजना लागु भएका वडाका किसानले तरकारी खेती गर्न चाहेमा बीऊ, बीजन र उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् ।

सिँचाइ आयोजनाहरूमा किसानलाई८५ प्रतिशतसम्म अनुदान दिने गरिएको छ । उत्पादन भएका तरकारी बिक्रिको लागि बजार खोजिदिन पनि परियोजनाले सहयोग गरेपछि किसानहरू व्यावसायिक कृषिमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको भएपनि जिल्लाको ३ पालिकामा भने २०७६/०७७ बाट मात्रै कार्यक्रम लागु भएको हो ।

पहिले पालिकामा ५ सय १२ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएकोमा हाल ६ सय ६० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख विष्णु प्रसाद शर्माले यसलाई अझै विस्तार गर्नेगरी किसानलाई प्रोत्साह गरिरहेको बताउनुभयो  ।

यसरी तरकारी जोन परियोजनामा जोडिएकाहरूले सुरुमा कम्तिमा ९ देखि १० लाख लगानीमा तरकारी खेती सुरु गर्ने गरेको भएपनि सरदर कम्तिमा वार्षिक १ करोड आम्दानी गर्ने गरेका छन् । व्यावसायिक कृषि गर्न चाहनेहरूलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सारथी बनेको छ । 

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:२८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology