Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कृषि

कृषिमा प्रदेश सरकारहरूका योजनाबाट किसानमा खुशी 

कृषिमा प्रदेश सरकारहरूका योजनाबाट किसानमा खुशी 

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
कृषिमा प्रदेश सरकारहरूका योजनाबाट किसानमा खुशी 
images

सुशिला श्रेष्ठ, काठमाडौं । कृषिमा आधुनिकिरण गरि उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षालाई प्रत्याभूत गर्ने र रोजगारी सृजना गर्ने प्रदेश सरकारहरूको लक्ष्य अनुसार दर्जनौँ कार्यक्रम कार्यान्वयन भए । तर, ती  कार्यक्रमको प्रभावकारीतालाई लिएर किसानहरूले नै प्रश्न गरिरहेका बेला प्रदेश सरकारबाट सञ्चालित केही कार्यक्रमले भने किसानलाई राहत दिएको छ ।

प्रदेश १ ले कृषि व्यवसाय अनुदान कार्यक्रम, प्राङ्गारिक कृषि प्रबद्र्धन मिसन कार्यक्रम, विउ उत्पादन प्रबद्र्धन कार्यक्रम लगायतका कार्यक्रम मार्फत ८२ हजार भन्दा बढिलाई कृषि अनुदान उपलब्ध गराएको छ । करिब ६९ प्रतिशत जमिन कृषियोग्य रहेको मधेस प्रदेशमा प्रदेश सरकार गठनपछि कृषि सडकको निर्माण, कृषि उत्पादन सङ्कलन केन्द्र विस्तार, कृषि उपजहरूको प्रशोधन र भण्डारण एवम् विक्री वितरणका लागि आवश्यक बजार समेतको व्यवस्था गरिएको छ । बागमती प्रदेशले भने आफ्ना कार्यक्रमहरू मध्ये दुग्ध उत्पादन प्रबद्र्धन अनुदान कार्यक्रम प्रभावकारी भएको बताएको छ ।

व्यावसायिक कृषि उत्पादनमा यूवा किसानको योगदान, प्रदेश सरकारको आह्वान भन्ने नारासहित गण्डकी प्रदेशमा तरकारीमा क्षेत्र विस्तारका आधारमा प्रोत्साहन कार्यक्रम मार्फत   हालसम्म ५८ हेक्टर तरकारी खेती क्षेत्र विस्तार भएको छ । यस वापत किसानले प्रति रोपनी ३ हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराईएको छ । लुम्बीनी प्रदेशले भने माछा उत्पादन कार्यक्रम, बिचौलियालाई निरुत्साहित गराइने कार्यक्रम, विषयमा काम गरेको छ । कर्णाली प्रदेशले ५ वर्षमा कर्णालीका किसानका लागि सिँचाइमा उपलब्धी मुलक काम गरेको बताएको छ । सुदुरपश्चिम सरकारले पनि दुधालु बाख्रा पालन गरेर बाख्राको दूधको चिज उत्पादन गर्नेदेखि रैथाने भैँसी र कुखुराको व्यवसायीकीकरणसम्मका योजना ल्याएका छ । 

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:११:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology