Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिकट क्षेत्रका महिला बाटोमै बच्चा जन्माउन बाध्य 

बिकट क्षेत्रका महिला बाटोमै बच्चा जन्माउन बाध्य 

इच्छाकामना न्युज

७, आश्विन २०७९
बिकट क्षेत्रका महिला बाटोमै बच्चा जन्माउन बाध्य 
images

आनन्द साउद, अछाम । अछाममा एक गर्भवती महिलाले स्वास्थ्य चौकी जाँदै गर्दा बीच बाटोमै शिशुको जन्म दिनुभएको छ । अछामको विकट मंगलसेन १३ बस्तीका २८ बर्षिया हिउँकला नेपालीले स्वास्थ्य चौकी जाँदै गर्दा बीच बाटोमै छोरी जन्माउनुभएको हो ।

images
images

सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वास्थ्य चौकी लैजान खोजेको र स्वास्थ्य चौकी समेत टाढा भएका कारण समयमै स्वास्थ्य चौकी पु¥याउन नसकिएको उहाँका देबर धर्मराज परियारले बताउनु भयो । घरबाट स्वास्थ्य चौकी करिब डेढ घण्टाको पैदल दुरीमा रहेको छ ।

व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा स्वास्थ्य चौकीबाट आधा घण्टाको दूरीमै बच्चा जन्मिएको थियो । हिउँसराले पाँचौ सन्तानका रुपमा छोरीलाइ जन्म दिनुभएको हो ।

यसअघि पनि उहाँका ४ छोरी रहेका छन् । हाल आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बस्ती स्वास्थ्य चौकीका ईन्चार्ज हिरालाल जैसीले बताउनु भयो । बाटोमै बच्चा भएपनि स्वास्थ्य संस्था ल्याउन सुझाव दिएको र आवश्यक उपचार तथा परामर्श दिएको ईन्चार्ज जैसीको भनाई छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १९:४४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology