Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया
images

तनहुँ । तनहुँको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया भएको छ ।

बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो । 

सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यक्रिया गरेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

अस्पतालमा बिहीबार पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न निर्देशक डा. श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बिहीबारबाट मेजर अप्रेसन सफलता पुर्वक सम्पन्न भयो, ‘अव दैनिक रुपमा शल्यक्रिया सेवा अस्पतालले प्रदान गर्र्नेछ’ श्रेष्ठले भने । शल्यक्रिया सेवा सफलता भएकोमा अस्पतालका लागि खुशीको बिषय भएको समेत निर्देशक श्रेष्ठले बताए ।

विरामी गाहामगरको पित्त थैलीको शल्यकृया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल, स्टार्फ नर्सहरु दिल कुमारी भुजेल, सृजना कुंवर, पुजा थापा, एलिसा थापा, रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिल बहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र २०७३ साल साउन देखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ, लमजुङ्ग, पाल्पा, स्याङजा, नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत बासुराज दाहलले बताए । अस्पतालले सेवा विस्तार गरेर त्यस क्षेत्रका नागरिकहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने कुरा गौरवको बिषय भएको अस्पतालका बोर्ड सदस्य राम भण्डारीले बताए ।

अस्पतालमा फार्मेसिको ब्यवस्थापन राम्रो रहेको बिमाबाट पाउने औषधि नियमित रुपमा पाउने गरेको अस्पतालका फमेर्सी अधिकृत मुकेन्द्र प्रसाद यादवले बताए । अस्पतालको भौतिक विस्तार समेत अगाडी बढ्द गएको काउन्सिल नीराजन अधिकारीले बताए ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:४२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology