कोरोना भाइरसको उद्गम स्थल मानिने चिनको वुहानमा कोरोनाभाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ । चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्गजानलाई स्थानीय अदालतले दोषी ठहर गरी चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उहाँलाई गत मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा लिएको थियो । ३७ वर्षीय ति पत्रकार केही महिना भोक हड्तालमा पनि बस्नुभएको थियो । कोरोनाको उद्गमस्थलमानिएको वुहानबारे खबर उहाँले लेख्नुभएको थियो । वुहानबारे खबर लेखेकै कारण उहाँ सहित अन्यलाई पनि चीनले निशाना बनाएको छ । जाङ्गजान माथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियो सहितका माध्यमबाट गलत समाचार फैलाएको भन्दै आरोप लगाइएको थियो ।