Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कृषि, पशु प्राविधिक

पालिकामा स्नातक उतीर्ण कृषि, पशु प्राविधिक नियुक्त गरिँदै 

पालिकामा स्नातक उतीर्ण कृषि, पशु प्राविधिक नियुक्त गरिँदै 

images

सिआईएन

५, आश्विन २०७९
पालिकामा स्नातक उतीर्ण कृषि, पशु प्राविधिक नियुक्त गरिँदै 
images

उषा तामाङ, काठमाडाँै । स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्ति नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका एक एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने उल्लेख गरेको थियो । सोही अनुसार ३ सय ४६ पालिकामा पशु चिकित्सक र ६ सय २९ पालिकामा कृषिको जनशक्ति राख्ने प्रक्रिया चलिरहेको हो ।

कतिपय स्थानीय तहमा पदपूर्ति भइसकेको र कतिपयमा प्रक्रिया चलिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिनुभयो । नियुक्त भएका जनशक्तिलाई सङ्घ सरकारले तलब भत्ताको व्यवस्था गरेको छ । ‘एक वडा, एक प्राविधिक’ भने स्थानीय तहले नै आवश्यकताका आधारमा व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

६ वर्षअघि ‘एक गाउँ, एक प्राविधिक’ कार्यक्रम अन्तर्गत नियुक्त गरिएका ३ हजार कृषि तथा पशु प्राविधिक मध्ये हाल करिव २५ सय कार्यरत छन् । उनीहरूलाई सङ्घ सरकारले ५० प्रतिशत रकम अर्थात वार्षिक ४७ करोडको हाराहारीमा स्थानीय तहलाई पठाउने गरेको छ । ५० प्रतिशत थप तलबसहित आवश्यकताका आधारमा कृषि तथा पशु प्राविधिकको व्यवस्था भने पालिका आफैले गर्नुपर्नेछ । 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:४५:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology