काठमाण्डौ, १३ पुस । उर्जा, जलस्रोत तथासिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको छ ।
भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई दिनुभएको थियो । भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा समेत छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।