Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यले पनि पार्टी छाडे

चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यले पनि पार्टी छाडे

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यले पनि पार्टी छाडे
images

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी पार्टी परित्याग गरेपछि त्यसको पराकम्प जान सुरु भएको छ । माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले लामो योगदान गरेको पार्टी छाडेपछि माओवादी चितवनमा हलचल पैदा भएको छ ।

परियारले पार्टी छाडेकै दिन माओवादी केन्द्र भरतपुर महानगरपालिकाका सचिवालय सदस्य खगराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ६ का वडा इन्चार्जसमेत रहेका पाठक सो क्षेत्रका चर्चित युवा नेता मानिन्छ ।

जिल्लामा पोल्ट्री ब्यावसायीको सफल छवि बनाएका पाठक माओवादी निकट अखिल नेपाला किसान महासंघका केन्द्रीय सदस्यसमेत हुन् । पाठकले माओवादी पार्टी भित्र चरम परिवारवाद, नातावाद मौलाएकोले पार्टी परित्याग गरेको बताए । उनले माओवादी राजनीतिक, बैचारिक र सांगठनिक दृष्टिकोणबाट पार्टी नरहेको बताए ।

पाठकले अहिले पार्टी परित्याग गरेर स्वतन्त्र नै बस्ने र राजनीतिक प्राणी भएकोले उपर्युक्त समयमा विचार गर्ने बताए । पाठक एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका आफन्तसमेत पर्दछन् । पाठकलाई एमालेमा ल्याउन पहल भैरहेको एमाले स्रोतले जनाएको छ । पाठकको पार्टी परित्यागले वडा नं. ६ मा बलियो रहेको माओवादीलाई अर्को धक्का लागेको छ ।

विहिवार मात्रै एमाले केन्द्रीय पार्टी कार्यालयमा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारसहित माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् भरतपुर महानगरपालिका सहइन्चार्ज अन्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगरकमिटी उपाध्यक्ष तुलबहादुर बि.क., जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं. १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं. १५ का वडाध्यक्ष आकाश थापा, माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

 
 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १२:०८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology