Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

निर्वाचनको संघारमै चितवनमा प्रचण्डलाई लाग्यो ठूलो धक्का

निर्वाचनको संघारमै चितवनमा प्रचण्डलाई लाग्यो ठूलो धक्का

माओवादीका जिल्ला सहइन्चार्ज यम बहादुर परियार र महानगर सहइन्चार्ज अन्जन तिमिल्सिना एमाले प्रवेश

इच्छाकामना न्युज

३०, भाद्र २०७९
निर्वाचनको संघारमै चितवनमा प्रचण्डलाई लाग्यो ठूलो धक्का
images

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका हुन् ।

images
images

लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज (विहिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गरेका हुन् । परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक भएर काम गरिसकेका छन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका उनि एमाले प्रवेश गरेपछि प्रचण्डलाई समेत धक्का पुगेको छ । निर्वाचन नजिकिदै गरेको समयमा परियारको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनिसँगै माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सहइन्चार्ज अन्जन तिमिल्सिना पनि एमाले प्रवेश गरेका छन् । उनिहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

चितवनबाट झण्डै ५० जना माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले प्रवेश गरेको जनाइएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य देवी ज्ञवाली, जेएन थपलिया, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

 

images
प्रकाशित मिति :भाद्र ३०, २०७९ बिहिवार - १४:१७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology