Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

समाजसेवा

सृजनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनीद्वारा बालदिवसमा विद्यार्थीहरुलाई पुरस्कार वितरण

सृजनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनीद्वारा बालदिवसमा विद्यार्थीहरुलाई पुरस्कार वितरण

images

इच्छाकामना न्युज

२९, भाद्र २०७९
सृजनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनीद्वारा बालदिवसमा विद्यार्थीहरुलाई पुरस्कार वितरण
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ निवासी सृजनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी खनालले बालदिवसको अवसरमा विद्यार्थीहरुको लागि पुरस्कार सौजन्य गरि वितरण गरिदिएका छन्। पुडासैनीले आज परेको बालदिवसको अवसरमा इच्छाकामना ५ पामडाडामा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि पुरस्कार सौजन्य गरि वितरण गरिदिएका हुन्।
 
मेचीमहाकाली बुहारी संयुक्त आवाजको जिल्ला सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सदस्य समेत रहेकी सामाजिक अभियन्ता पुडासैनीले उक्त विद्यालयको त्रैमासिक परीक्षाको नतिजा अनुसार ७० जना विद्यार्थीहरुलाई पुरस्कार सौजन्य गरिदिएका हुन्।

विद्यालयको प्राङ्गणमा आयोजित २०७८।०७९ को सामाजिक लेखापरीक्षण सार्वजनिक तथा त्रैमासिक परीक्षाको नजिता प्रकाशन पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन रहेका थिए।

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - २३:०१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology