पोखरा । स्वर्गीय तमू आदिकवी हर्क बहादुर गुरुङलाई नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक तमू संघले मरणोप्रान्त सम्मान गरेको छ । संघको पोखरामा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको समुद्घाटन समारोहको अवसरमा स्वर्गीय गुरुङलाई मरणोप्रान्त सम्मान गरेको हो ।
समुद्घाटन समारोहको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाहुलीबाट संघले तमू भाषा, गीत, साहित्य र जनचेतना जागृत गराउन अमूल्य योगदान पुर्याएको भन्दै स्वर्गीय गुरुङलाई सम्मान गरेको हो। कार्यक्रममा सम्मानित स्वर्गीय गुरुङको सम्मान उहाँका छोरा अर्जुन गुरुङले ग्रहण गरेको थियो।
यस्तै कार्यक्रममा स्वर्गीय गुरुङसँगै अन्य ३ जना कर्म गुरुङ, पदम बहादुर गुरुङ र मान बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।