Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्वास्थ्य बीमा कार्यक्रम

७ वर्षमा २२ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा जोडिए 

७ वर्षमा २२ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा जोडिए 

images

सिआईएन

२८, भाद्र २०७९
७ वर्षमा २२ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा जोडिए 
images

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रम सुरूवात भएको ७ वर्षमा २२ प्रतिशत नागरिक बीमा कार्यक्रममा जोडिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सरकारले २०७२ सालबाट कैलाली, इलाम र बागलुङसहित ३ जिल्लाबाट सुरू गरेको स्वास्थ बीमा कार्यक्रम हाल ७७ वटै जिल्लामा पुगेको छ । बीमा कार्यक्रममार्फत् ५ जनासम्मको परिवारले ३ हजार ५ सय  र ५ जनाभन्दा बढी सदस्य भए, प्रतिसदस्यका दरले ७ सय रूपैयाँ बुझाए २० हजारदेखि २ लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था रहेको छ ।

चालु आर्थिक वर्ष भरीमा ३५ प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने लक्ष्य रहेको बोर्डका प्रवक्ता शम्भु प्रसाद ज्ञवालीले सीआइएनसँग बताउनुभयो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएकालाई भने निःशुल्क बीमा गर्ने गरेको छ, तर पनि स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता उलेख्य हुन सकेको छैन ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत हालसम्म २३ अर्ब रूपैयाँ निकासा गरिसकेको छ । अझै ५ अर्ब रूपैयाँ निकासा गर्न बाकी रहेको समेत उहाँले बताउनुभयो । 

 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:१८:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology