Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेशका दलित समुदाय

मधेशका दलित समुदायका किशोरी सचेतना फैलाउने अभियानमा 

मधेशका दलित समुदायका किशोरी सचेतना फैलाउने अभियानमा 

सिआईएन

२८, भाद्र २०७९
मधेशका दलित समुदायका किशोरी सचेतना फैलाउने अभियानमा 
images

स्नेहा कर्ण, काठमाडौँ । मधेशका दलित समुदायका किशोरी आफ्नो अधिकारका लागि सचेतना फैलाउने अभियानमा लागेका छन् ।समाजमा दलित भएकै कारण हुने विभेद र त्यसमा पनि छोराछोरीबीच हुने विभेद अन्त्यका लागि पनि उच्च शिक्षा हासिल गर्ने उनीहरूको अठोट छ ।

images
images

मधेशमा अझै पनि महिलालाई घरबाट बाहिर निस्कन, उच्च शिक्षा हासिल गर्न, राजनीतिक गतिविधिमा संलग्न हुन प्रोत्साहित नगर्ने परिपाटी रहेको अधिकारकर्मी बताउँछन् ।

यस्ता प्रतिबन्ध र भेदभाव महिला र पुरुष, छोरा र छोरीमा मात्रै छैन, दलित समुदायका महिलामाथि झन् बढी विभेद हुन्छ । तर, पछिल्लो समय शिक्षा, प्रविधि र विभिन्न प्रशिक्षणसँगै दलित समुदायका हकअधिकारका बारेमा किशोरीहरू सचेत हुन थालेको दलित अधिकारकर्मी विनोद महराले बताउनुभयो ।

पछि पारिएका दलित समुदायका किशोरीमाथि हुने हिंसा र विभेद अन्त्यका लागि प्रदेश सरकारले महिला शसक्तिकरणसम्बन्धी ऐन बनाएको छ । तर, विभेदका शृङ्खला रोकिएका छैनन् ।

मधेशमा दलित किशोरीहरू कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारसँग छैन । प्रविधिको प्रयोग, खुल्दै गएको समाज र पाउँदै आएका विभिन्न अवसरका कारण किशोरीहरू आफ्नो, परिवार र समुदायको बारेमा निर्धक्क भन्न सक्ने भएका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:१२:३५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology