Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेले पनि ‘गठबन्धन’ गर्ने

सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेले पनि ‘गठबन्धन’ गर्ने

पत्रपत्रिका

२८, भाद्र २०७९
सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेले पनि  ‘गठबन्धन’ गर्ने
images

काठमाडौं । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ ।

images
images

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहकाे छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । निर्णाय छलफल एवं सिटबाँडफाँटका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता एवं छलफल गर्न जिम्मेवारी दिएको छ । उता, लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई वार्ताका लागि जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष लिङदेनसँग ओली आफैं छलफल गरिरहेका छन् । उनीहरू दुवै झापाका हुन् ।

यसअघि, २०७४ को निर्वाचनमा समेत ओली र लिङ्देनबीच एकअर्कालाई सहयोग दिने सहमति भएको थियो । लासपाले यसअघि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयास गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोसपालाई पाँच दलीय गठबन्धनमा सहभागी गराउन प्रयास गरे पनि’ उनी असफल बने ।

देउवा, ठाकुर, महतोबीच पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा विगतमा छलफल भएको थियो । तर, पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुन सक्ने वातावरण नबनेपछि लोसपा अन्ततः एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको हो । लोसपा नेता शुक्लले एमालेसँग चुनावी तालमेल’गर्ने छलफल भएको स्वीकार गरेका छन् । लोसपा शीर्षनेताको आन्तरिक छलफलमा ठाकुरले एमालेसँग तालमेल’गर्ने छलफल भएको जानकारी गराएका छन् ।

एमालेसँग चुनावी तालमेल गर्ने निष्कर्षमा पुगेको लोसपाले २० सिट दाबी गरेको छ । लासपा विजयी भएका मधेसका सिटका साथै केही सिट पहाडी क्षेत्रमा समेत पाउनुपर्ने दाबी गर्दै सोहीअनुसार एमालेका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत पोखरेलले ‘अन्य दलसँग चुनावी तालमेल हुने’ बताउँदै आएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनावी तालमेल’ गर्ने छलफल भइरहेको बताउँदै ‘अहिले कुनै निष्कर्षमा पुगिनसकेको’ उल्लेख गरे । लोसपा, राप्रपासँग छलफल भए पनि अहिलेम्म कुनै किसिमको टुंगो लाग्न नसकेको बताउँदै उनले ‘छलफल जारी नैरहेको’ सुनाए । लासपा सुरुमा पाँच दलीय गठबन्धनमा सहभागी हुने खोजे पनि ‘वातावरण नबने’पछि एमालेसँग छलफलमा आएको हो ।

राप्रपासँग अध्यक्ष ओली आफैं छलफल गर्दै आएका छन् । त्रिपाठी र थापासँग समेत छलफल गर्दै चुनावी तालमेल रणनीतिमा एमाले छ । २०७४ को निर्वाचनमा त्रिपाठीसँग एमालेले सहमति गरेको थियो । त्रिपाठी एमाले सूर्य चिह्नबाट निर्वाचन लडेर विजयी भएका थिए । मधेसमा लोसपा र प्रदेश १ मा राप्रपाको संगठन बलियो रहेको र उनीहरूसँग तालमेल गरेर केही सिटमा सहयोग गर्ने र केहीमा सहयोग लिएर पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर विजयी हुन सक्ने निष्कर्ष एमालेको छ ।

संविधान दिवस’मा पदयात्रा
एमालेले ‘संविधान दिवस’का अवसरमा पदयात्रा गर्ने भएको छ । आगामी १ असोजमा काठमाडौं उपत्यकामा एमालेले हजारौंको सहभागितामा पदयात्रा गर्ने कार्यक्रम रहेको जनाएको छ । संविधान जारी भएको ३ असोजमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले १ असोजमा पदयात्रा गर्न लागेको हो ।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुर कुपण्डोलबाट हजारौंको सहभागितामा हुने पदयात्रा वसन्तपुर पुगेर समापन हुने जनाइएको छ । एमाले अध्यक्ष ओलीले वसन्तपुरमा पुगेर सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालय च्यासल, ललिपुरमा छलफल भएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले परम्परा थालनी गर्न चाहेको र यस वर्ष वाकथन (पदयात्रा) आयोजना गर्न लागेको बताए । ३ असोज २०७२ मा संविधानसभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको थियो । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०८:४५:०२ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology