Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

बेनिघाट रोराङ विशेष

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेनिघाटको सक्रियतामा समातिएको चोरीको मोटरसाइकल धनीलाई बुझाईयो

अस्थायी ट्राफिक प्रहरी पोष्ट बेनिघाटको सक्रियतामा समातिएको चोरीको मोटरसाइकल धनीलाई बुझाईयो

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
अस्थायी ट्राफिक प्रहरी पोष्ट बेनिघाटको सक्रियतामा समातिएको चोरीको मोटरसाइकल धनीलाई बुझाईयो
images

बिशालटार । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेनिघाटको सक्रियतामा नियन्त्रणमा लिएको चोरीको मोटरसाइृकलको धनीलाई बुझाईएको छ । 

बेनिघाट पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक इन्द्र बहादुर घिसिङको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा शनिबार बिहान चितवनवाट काठमाण्डौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००६ प ७४३७ नं. को १५० सिसिको पल्सर मोटरसाईकल आवश्यक कागजपत्र नभएको कसुरमा नियन्त्रणमा लिएको थियो।

मोटरसाइकल नियन्त्रणमा लिएको केहि बेरमै कोहि कसैलाई जानकारी नगराई चालक फरार भएपछि शंका लागि आवश्यक जाँचवुझ गर्दा उक्त मोटरसाईकल चितवनको इच्छाकामना ६ स्थित पाँचकिलोबाट हराएको भन्ने वुझिन आएकोले सम्बन्धित सवारी धनिलाई खवर गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक गणेश राज उप्रेतीले सम्बन्धित मोटरसाइकल धनि धनराज गुरुङलाई हस्तान्तरण गरिएको प्रसनि घिसिङले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - २१:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology