Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखामा नाबालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

गोरखामा नाबालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
गोरखामा नाबालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ
images

गोरखा । रक्सिले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । बाग्लुङ गलकोट ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

रानामाथि चुमनुब्री ३ पामो(सिर्दिबास)की १४ बर्षीया बालिका बलात्कार गरेको आरोप छ ।

गत शनिबार अपरान्ह साँढे पाँचबजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई पहरी चौकीमा जिम्मा लगाएका थिए ।

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर गुहार लगाई गाउँलेलाई जम्मा गरेकी र गाउलेले घेरा हाली प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। पीडित बालिकाका अनुसार रानाको मुखमा रक्सी गन्हाईरहेको थियो ।
गएराती जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अहिले जाहेरी दिने तयारी भइरहेको पिडितका दाजुले जानकारी दिएका छन् ।

बिगत १७ बर्षदेखि नेपाली सेनामा कार्यरत राना अहिले बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा कार्यरत छन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:४४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology