Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चिनियाँ राष्ट्रिय जनकँग्रेसका अध्यक्ष ली चान्सु आज नेपाल आउँदै 

चिनियाँ राष्ट्रिय जनकँग्रेसका अध्यक्ष ली चान्सु आज नेपाल आउँदै 

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
चिनियाँ राष्ट्रिय जनकँग्रेसका अध्यक्ष ली चान्सु आज नेपाल आउँदै 
images

काठमाण्डौ । चिनियाँ राष्ट्रिय जनकँग्रेसका अध्यक्ष ली चान्सु आज नेपाल आउँदै हुनुहुन्छ । चार दिने नेपाल भ्रमणका लागि उहाँ काठमाडौँ आइपुग्नुहुनेछ । सभामुख अग्निप्रसाद सापकोटाको निम्तामा आउन लाग्नुभएका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुनुहुन्छ ।

रुस र मङ्गोलियाको भ्रमण सकेर काठमाडौँ आउन लाग्नुभएका लीको साथमा करिब १ सय जनाको टोली रहनेछ। आगामी १६ अक्टुबरमा सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला चान्सु नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।

संवैधानिक रूपमा राष्ट्रपति सी चिनपिङपछि दोस्रो वरियतामा रहनुभएका ली पार्टीको प्रभावशाली राजनीतिक ब्यूरोका सात सदस्यमध्येका एक हुनुहुन्छ । नेपाल आएलगतै सभामुख सापकोटा र लीबीच आजै द्विपक्षीय भेटवार्ता हुनेछ।

लीको सम्मानमा आज सापकोटाले रात्रिभोजको आयोजना गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

 

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:२७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology