Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सिन्धुपाल्चोकमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्यो 

सिन्धुपाल्चोकमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्यो 

images

सिआईएन

२७, भाद्र २०७९
सिन्धुपाल्चोकमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्यो 
images

दिपक खत्री, सिन्धुपाल्चोक । स्वदेशमा नै स्वरोजगार बन्न चाहनेले होस् वा वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरूको पहिलो रोजाइ हो, तरकारी खेती । व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट राम्रो उत्पादन पनि लिन सकिन्छ । मौसमी, बेमौसमी दुबै किसिमको तरकारी खेती गर्नेहरूले गर्ने आम्दानी अझै राम्रो हुन्छ । सिन्धुपाल्चोकको बलेफी ,सुनकोसि, मेलम्ची क्षेत्रका किसानहरू पनि व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।

बलेफी गाउँपालिको माङ्का, चिम्लिङ टोलका प्रायः सबैले तरकारी खेती गर्ने गरेका छन् । अहिले उनीहरूको बारीमा लहलहाउदो खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, करेला जस्ता तरकारी छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका किसान अहिले टनेलमा खेती गर्छन्, जसबाट आम्दानी पनि राम्रो हुने गरेको छ । तरकारी खेतिबाट राम्रो कमाइ हुने गरेको  बलेफीका रोजन तामाङको भनाइ छ ।

परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको छ । किसानले, लागत घटाउन, उत्पादन बढाउन र रोगकीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकता अनुसार सिचाइँ हुने थोपा सिचाई प्रविधि पनि उनीहरूले जडान गरेका छन् । हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ ।

सुधारिएको गोठ निमार्णले बस्तुभाउको मुत्र पनि सदुपयोग हुने गरेको छ । खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची नगरपालिका–९ , सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का २ सय ७७ घरधुरीलाई कृषक समुहमा आवद्ध गराएर प्रविधि सहितको व्यावसायिक तरकारी खेतीमा जोडेको छ । उनिहरूको उत्पादन तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मुल्य पाउछन् भने तरकारी तरकारी मुख्य बजारमा विक्री हुनेगरेको छ ।

किसान र उत्पादनलाइ थप गूणस्तरिय बनाउन स्थानीय सरकारले लगानी अझै बढाउनुपर्ने कृषि विज्ञ डा. रामचन्द्र भुषालको भनाइ छ । टनेल भित्र हाइटेक प्रविधिको मार्फतबाट तरकारी खेती गरेर सिन्धुपाल्चोकका किसानहरूले राम्रो आम्दानी मात्रै गरिरहेका छैनन् उदाहरणीय पनि बनेका छन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:१६:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology