Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटमा ३० फिट अग्लो शिवको मूर्ति निर्माण हुने

देवघाटमा ३० फिट अग्लो शिवको मूर्ति निर्माण हुने

इच्छाकामना न्युज

२६, भाद्र २०७९
देवघाटमा ३० फिट अग्लो शिवको मूर्ति निर्माण हुने

चितवन । प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति निर्माणका लागि ठाउँको पहिचान गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनुभयो ।

images

देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समावेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जमिन उपलब्ध गराइएको भन्दै घिमिरेले अब छिट्टै मूर्तिको शिलान्यास गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको देवघाटधामको डिपिआरमा ३० फिट अग्लो अष्टधातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही डिपिआरमा समावेश भएको चितवनतर्फ रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नानघाट छेउको जग्गामा मूर्ति निर्माण हुनेछ उहाँले बताउनुभयो । जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निर्माण गर्ने कन्सल्टेन्ट कम्पनीको टोलीनै आएर काम गरेको घिमिरेले बताउनुभयो ।

विश्वमै नभएको अष्टधातुको मूर्ति देवघाटमा निर्माण भएसँगै यसले देवघाटको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उर्जागर गर्ने घिमिरेको भनाइ छ । मूर्ति निमार्णका लागि बागमती प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष ढुन्डिराज सिलवालले बताउनुभयो । मूर्ति निर्माणमा रु ६ करोड खर्च हुने अनुमान रहेको र दाताहरुलाई सहयोगको अपिल गरिएको उहाँको भनाइ छ ।

देवघाटधाममा निर्माण हुने मूर्तिको उचाई ३० फिटको हुनेछ भने मोटाई आठ फिटको रहने छ । मूर्ति निर्माणमा तीन हजार किलो तामा, दुई हजार किलो पित्तल, २०० किलो जस्ता, २५ किलो काँस, ३० किलो सिसा, ५०० ग्राम चाँदी, ५०० ग्राम सुन, १० किलो फलाम प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो । वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य सहित मूर्ति निर्माण गर्न लागिएको हो । यो महान् र पूण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनुपर्ने प्रतिष्ठानको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १०:२३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology