Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको आँधिमुलमा काव्य उत्सव 

आँबुखैरेनीको आँधिमुलमा काव्य उत्सव 

इच्छाकामना न्युज

२५, भाद्र २०७९
आँबुखैरेनीको आँधिमुलमा काव्य उत्सव 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका १ मा रहेको प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा काव्योत्सव गरिएको छ । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते कार्यक्रम गरिएको हो । आँबुखैरेनी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम गरिएको हो ।

images
images

सत्रसय फाँटदेखी १५ मिनेटको सवारी यात्रामा पुगिने आँदिमुलमा प्रसिद्ध आँदिमुल बराही मन्दिर छ । वाङ्मयले मुलुकका विभिन्न ठाउँबाट आएका स्रस्टालाई उत्सवको दोस्रो दिन आँधिमुलमा लगेर कार्यक्रम गरेको हो । 

305779219_418490647091816_6165945891578229404_n.jpg

कार्यक्रममा कविता वाचन सँगै स्थानीय सांस्कृतिक नाच देखाइएको थियो । चितवनबाट आएका स्रस्टाहरू खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी र मोदनाथ मरहट्ठाले पनि रचना प्रस्तुत गरेका थिए । 

दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले आफ्नो पालिकामा मुलुकका विभिन्न जिल्लाका स्रस्टाहरू ल्याएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । यो किसिमका कार्यक्रम आयोजना गरिँदा स्थानीय तहका प्रसिद्ध स्थानहरूको प्रचारप्रसार भै पर्यटनको विकासमा सहयोग पुग्ने प्रमुखले बताए । 

306327198_616140893374599_1641910419277208997_n.jpg

सोही समारोहमा आँदिमुलको छेवैमा बसेर मनोज तामाङ र राजेन्द्र सुवेदीले क्यानभासमा चित्र कोरेका थिए । चित्रमा प्राकृतिक चित्रण गरिएको थियो ।

पहिलो दिन आँबुखैरेनी बजारमा भएको कार्यक्रममा कवि खुमनारायण पौडेल सम्मानित भएका छन् । आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८ बाट सम्मान गरेको हो ।

305822643_776472683557286_1077389140160517353_n.jpg

उक्त समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।

तीसको दशकदेखि कवितामा आफ्नो अलग पहिचान र विशिष्टता हासिल गरेका र विभिन्न साहित्यिक कृति र पत्रिकाहरूको सम्पादन, प्रकाशनमार्फत निरन्तर साहित्यिक सेवाको योगदानको मूल्यांकन गर्दै कवि पौडेललाई सम्मान गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । 

306238985_1532965720455271_8682961923407578633_n.jpg

सम्मानित पौडेल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । पौडेलका अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६) र शीतनिद्रा (२०७३) लगायतका कृति प्रकाशित छन् । 

सोही समारोहमा इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कारबाट कलाकार सुभास गजुरेल, कृष्णदास ( चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट विद्या चापागाईं र महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कारबाट मञ्जु थापा र सुलना गुरुङलाई सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - २२:३६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology