Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कृषि

किसानका उत्पादन किन्न गाउँमै ‘कृषि उपज खरिद केन्द्र’ निर्माण गरिने 

किसानका उत्पादन किन्न गाउँमै ‘कृषि उपज खरिद केन्द्र’ निर्माण गरिने 

images

इच्छाकामना न्युज

२५, भाद्र २०७९
किसानका उत्पादन किन्न गाउँमै ‘कृषि उपज खरिद केन्द्र’ निर्माण गरिने 
images

काठमाण्डौ । गत आर्थिक वर्षमा हरियो तरकारी आयातमा मात्रै नेपालबाट १७ अर्ब रूपैंया भन्दा बढी रकम बाहिरिएको छ । तर बजारको अभाबमा किसानले उत्पादन गरेको तरकारी खेतमा नै कुहिने अवस्था रहेको छ । बजार नपाएकै कारण सिन्धुलीको दुधौली नगरपालिकाका विजय लामा व्यावसायिक कृषि पेशाबाट पलायन हुने सोचमा हुनुहुन्छ । २५ लाख लगानीमा खोलिएको कृषि फर्मबाट उत्पादीत कृषि उपज त्यसै खेर जाने अवस्था आएपछी यो निर्णयमा पुगेको उहाँले बताउनुभयो ।

कृषिमै भविश्य खोजिरहनुभएका सल्यानका कुलराम रेउलेलाई पनि बजारको चिन्ता छ । २०६८ सालको कृषि गणनाअनुसार देशका करिब ३८ लाख घरपरिवारले कृषिलाई मुख्य पेशा बनाएका छन् । तर यसैमा व्यावसायिकता खोज्नेहरू २५ प्रतिशत मात्रै छन् । उनिहरूमध्ये अधिकांशलाई बजारको समस्या छ ।

किसानहरूको यहि चिन्तालाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा नै खरिद तथा बिक्रि केन्द्र बनाउने योजना ल्याएको छ । जहाँ किसानले आफ्नो उत्पादन बेच्न पाउँनेछन् भने व्यापारीले खरिद गर्न सक्नेछन् । स्थानीय स्तरमा खुल्ने कृषि उपज सङ्कलन केन्द्रमा सङ्घ सरकारको र स्थानीय सरकारको आधा आधा लगानी हुने कृषि बिभागले जनाएको छ ।

कृषिमा युवाहरूको सहभागिता बढाउन र उनिहरूलाई प्रोत्साहन गर्न भन्दै सरकारले यसवर्ष ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ । तर, यसमध्य कति रकम कृषि उपज सङ्कलन केन्द्रका लागि छुट्याईन्छ, खुलाईएको छैन । समय बजेट दुबै नखुलाईएकाले कहिले सम्म स्थानीय स्तरमा नै यस्ता केन्द्र बनिसक्छन् भन्ने बारेमा भने स्पष्टता भने छैन ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - १०:५४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology