Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अर्थतन्त्र

नेपाली बजारमा कोदो पनि विदेशबाटै आयात 

नेपाली बजारमा कोदो पनि विदेशबाटै आयात 

images

सिआईएन

२३, भाद्र २०७९
नेपाली बजारमा कोदो पनि विदेशबाटै आयात 
images

अविनाश आचार्य, काठमाडौँ ।  नेपालका हरेक पहाडी जिल्लामा कोदो खेती गर्न सकिने भए पनि विदेशी कोदोले मुलुकको माग धान्दै आइरहेको छ । नेपाली बजारमा वार्षिक ३ लाख २३ हजार मेट्रिक टन कोदोको माग  छ । मागमध्ये देशको उत्पादन झण्डै ३ लाख २१ हजार मेट्रिकटन हुने गरेको छ । बाँकी माग भने विदेशी कोदोले धान्दै आइरहेको छ ।

बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा, खोटाङ, सिन्धुपाल्चोक लगायतका पहाडी जिल्लामा डल्ले, झुप्पे, चुल्ठे, दूधे लगायत ५० जातका कोदोको खेती हुँदै आएको छ । तर गाउँघरमा खानामासँगै अन्य प्रयोगमा पनि कोदो घट्दै गएपछि खेती पनि घट्दै गएको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका कार्यक्रम संयोजक केदार कोईरालालाले सीआईएनसँग बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ को अध्ययनअनुसार देशभर दुई लाख ६३ हजार चार सय ९७ हेक्टरमा कोदो खेती गरिएकामा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो । २०७६/७७ मा खेतीको क्षेत्रफल घटेर दुई लाख ६२ हजार पाँच सय ४७ मा सिमित भएपनि उत्पादन भने तीन लाख २० हजार नौ सय ५३ मेट्रिक टन भएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले कोदोको संरक्षण र विस्तारका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।

समुन्द्र सतहबाट तीन हजार एक सय मिटर उचाईसम्म कोदोको खेती गर्न सकिन्छ । तर खेती योग्य जमिनमध्य ७.७ प्रतिशत क्षेत्रफलमा मात्रै कोदोको खेती हुने गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:५२:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology