Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नाका बन्द हुँदा प्रभाव

चिनियाँ बजारकै भर पर्ने नेपाली बजार, नाका बन्द हुँदा प्रभावित 

चिनियाँ बजारकै भर पर्ने नेपाली बजार, नाका बन्द हुँदा प्रभावित 

images

सिआईएन

२३, भाद्र २०७९
चिनियाँ बजारकै भर पर्ने नेपाली बजार, नाका बन्द हुँदा प्रभावित 
images

सुसिला श्रेष्ठ, काठमाडौँ । चीनसँगको व्यापारिक कारोबार हुने दुई नाका गत साउनदेखि बन्द हुँदा नेपाली बजार प्रभावित भएको छ । लत्ताकपडा, जुत्ताचप्पल र सजावटका सामग्री, फलफूल लगायत तरकारीका लागि मूख्य चाडपर्वमा चिनियाँ बजारकै भर पर्ने नेपाली बजार, नाका बन्द हुँदा प्रभावित भएको छ ।

नाका बन्द भएर सामान नआउँदा नेपालको बजार मूल्य बढिरहेको छ तर, तत्कालै चिनियाँ नाका खुल्ने सम्भावना छैन । नेपाली बजारको २० प्रतिशतभन्दा बढी हिस्सा चीनको सामग्रीले ओगटेको छ । तर कोरोनापछि नै चीनबाट सामग्री आयात घटेको छ भने झण्डै एक महिनादेखि नाका बन्द जस्तै छ ।

चीनबाट तयारी कपडा र जुत्ताचप्पलसँगै विद्युतीय सामान धेरै आयात हुने गरेको छ । नाका बन्द हुँदा व्यापारी र उपभोक्ता दुबै महङ्गोमा कारोबार गर्न बाध्य छन् ।

नेपाल र चीन बिचका ६ वटा नाका भए पनि दुई वटा नाकाबाट मात्रै व्यापारिक कारोबार हुने गरेको छ । तर सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका बन्द हँुदा दैनिक १ करोड राजश्व समेत गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो ।

कोरोना अघि दैनिक २ सयदेखि साढे २ सय कन्टेनरमा सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले ३० वटा मात्रै भित्रने गरेको छ ।

सरकारले चीनसँगको नाका खुलाइ द्धिपक्षिय व्यापार खुलाउन पहल भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।

गत आर्थिक वर्ष नेपालले चीनबाट साढे २ खर्बभन्दा बढीको सामान आयात गरेको थियो भने ८० करोडभन्दा बढीको सामान निर्यात गरेको थियो । तर अहिले नाका बन्द भएपछि निर्यात पनि शुन्य रहेको छ । 

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:५०:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology