Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चौँरीपालन व्यवसाय सङ्कटमा, सिन्धुपाल्चोकका हिमाली खर्क रित्तै 

चौँरीपालन व्यवसाय सङ्कटमा, सिन्धुपाल्चोकका हिमाली खर्क रित्तै 

इच्छाकामना न्युज

२२, भाद्र २०७९
चौँरीपालन व्यवसाय सङ्कटमा, सिन्धुपाल्चोकका हिमाली खर्क रित्तै 
images

दीपक खत्री, सिन्धुपाल्चोक । कुनै बेला ‘चौरीको राजधानी’ भनेर चिनिने सिन्धुपाल्चोकमा चौँरीपालन सङ्कटमा पर्दै गएको छ । चौरी गोठमा जन्मिएका र हुर्किएका अधिंकाश युवा वैदेशिक रोजगारीमा गए पछि यो व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

images
images

९ महिनासम्म हिमाली खर्कमा बिताउँदै चौँरीपालन गर्न युवाको आकर्षण नभएपछि यो व्यवसाय सङ्कटमा पर्दै गएको सिन्धुपाल्चोकको तेम्बाथनका किसान पासाङ तेम्बु शेर्पाले बताउनुभयो ।

नयाँ पुस्ताको आकर्षण हट्दै गएपछि चौँरीको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बीमा कार्यक्रम ल्याएका छन् । एउटा चाँैरीकै ८० हजारदेखि १ लाखसम्म मूल्य पर्ने भएकोले बीमाले केही राहत पुगेको किसान नोर्शाङ शेर्पाको भनाइ छ ।

वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने चाँैरीपालनलाई व्यावसायिक नबनाइएका कारण आकर्षण घट्दै गए पनि चौरीको दूधबाट बन्ने चिज,  छुर्पी, नौनी, घिउ लगायतका परिकारको बजारमा माग बढिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:३३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology