Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हलिया मुक्ति घोषणाको १४ वर्ष, घोषणा कागजमै सिमित 

हलिया मुक्ति घोषणाको १४ वर्ष, घोषणा कागजमै सिमित 

इच्छाकामना न्युज

२२, भाद्र २०७९
हलिया मुक्ति घोषणाको १४ वर्ष, घोषणा कागजमै सिमित 
images

किरण धामी, डोटी । सरकारले हलिया मुक्ति घोषणा गरेको १४ वर्ष पुगे पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । डोटीमा मात्रै १३ सय ३५ जना हलियार परिवार रहेका छन् । जसमध्य  १२ सय १० जनाले क देखी घ वर्गको परिचयपत्र पाएका छन् । राज्यबाट प्रमाणिकरणमा परि उनीहरूले परिचय पत्र पाए पनि पुर्नस्थापनाको लागि रकम पाएका छैनन् ।

images
images

कमजोर आर्थिक अवस्था भएका दलित परिवारका बाबुबाजेले लिएको ऋण चुक्ता गर्न धनि र जमिनदार व्यक्तिको सेवा गर्न बस्नु नै हलिया प्रथा हो ।

यसरी बिना पारिश्रमिक अर्काको घरमा काम मात्रै गरेर बस्नु मानव अधिकारको समेत विपरित हुने भएपछि सरकारले उनीहरूलाई पुर्नस्थापित गर्ने घोषणा गरेको थियो । तर हालसम्म कतिपय हलिया परिवारले परिचयपत्र समेत पाएका छैनन् ।

सरकारले हलियालाई चार वर्गमा वर्गीकरण गरेर जग्गा खरिद, दर्ता र घर निर्माण तथा मर्मतका लागि अनुदान उपलब्ध गराउने नीति लिएको थियो । यसको समन्वय स्थानीय तह मार्फत गरिने भने पनि हलिया परिवारको पुर्नस्थापनाको लागि स्थानीय सरकारले खासै काम नगरेको अधिकारकर्मी अधिराज बिसीले बताउनुभयो ।

हलियाका अगुवाहरूको आन्तरिक द्वन्दका कारण पनि हलियाको मुद्दा सेलाउन पुगेको हलिया अभियान्ता कुमार टेलरको भनाइ छ । सरकारले हलियाको पुर्नस्थापनाको लागि भन्दै अहिलेसम्म झण्डै ४ अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ । २०६५ सालमा हलिया प्रतिनिधि र तत्कालिन नेपाल सरकारबीच पाँच बुँदे सहमतिसहित हलिया प्रथाको अन्त्यको घोषणा गरिएको थियो ।

त्यतिबेला सुदूरपश्चिम प्रदेशका ९ र कर्णाली प्रदेशका ३ गरि १२ जिल्लाका १६ हजार ९ सय ५३ परिवार हलिया मुक्त भए । उनीहरू कागजमा मात्रै हलिया मुक्त भएका छन् । हलिया समुदायको समस्या अझै उस्तै छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:२९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology