चितवन, १२ पुस । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले यस वर्षको तमु ल्होसारमा कुनैपनि औपचारिक कार्यक्रम नगर्ने भएको छ। शनिबार एक सुचना जारी गरी परिषद्ले यस वर्षको तमु ल्होसारमा कुनैपनि औपचारिक कार्यक्रम नगर्ने भएको जानकारी दिएको हो।
जारी सूचनामा उल्लेख भए अनुसार केन्द्रको निर्देशन बमोजिम यस वर्षको तमु ल्होसारमा जिल्लाले औपचारिक नगर्ने भएको हो। यद्यपी औपचारिक कार्यक्रम नभएपनि गुम्बा सरसफाई, पुजाआजा, गनफायर, रिपु बाध्ने लगायतका कामहरु भने हुने तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष गणेश बहादुर गुरुङले जानकारी दिनुभयो।