Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै 

सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै 

images

इच्छाकामना न्युज

२१, भाद्र २०७९
सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै 
images

काठमाण्डौ । सत्ता गठबन्धनले सिट बाँडफाँटको टुङ्गो लगाउन गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ। कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बैठक साँझ ६ बजे बस्ने तयारी भएको बताउनुभयो । हिजो दिनभर बसेको बैठकमा कुनै सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने तयारी छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

सङ्घ र प्रदेशको खाकासहित सिट सङ्ख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो । ८३ वटा सिट नेपाली काँग्रेस र बाँकी सिटमा अन्य दललाई दिने गरी सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् । 

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०९:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology