Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अवैध सामान बरामद

नवलपुर स्थित चालिस किलो जङ्गलमा एक करोड बराबरको अवैध सामान बरामद

नवलपुर स्थित चालिस किलो जङ्गलमा एक करोड बराबरको अवैध सामान बरामद

images

रासस

२१, भाद्र २०७९
नवलपुर स्थित चालिस किलो जङ्गलमा एक करोड बराबरको अवैध सामान बरामद
images

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट रु एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो । उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताउनुभयो ।

 
 

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०९:४३:०२ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology