Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जनता समाजवादी पार्टीको गोरखाको अध्यक्षमा कुलमान गुरुङ चयन

जनता समाजवादी पार्टीको गोरखाको अध्यक्षमा कुलमान गुरुङ चयन

images

इच्छाकामना न्युज

१९, भाद्र २०७९
जनता समाजवादी पार्टीको गोरखाको अध्यक्षमा कुलमान गुरुङ चयन
images

गोरखा । जनता समाजवादी पार्टी गोरखाको पुनर्गठन भएको छ । पुनर्गठित जसपाको अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् ।

गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको पार्टीको विस्तारित वैठकले गुरुङको अध्यक्षता ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पार्टीको जिल्ला उपाध्यक्षमा सुनसिंङ तामाङ, आस बहादुर नेपाली, कविन्द्र अधिकारी, सचिवमा पार्वती मास्के कार्की, उपसचिवमा सविना घले र कोषाध्यक्षमा सुकमाया गुरुङ चयन भएका छन् । पार्टीको अर्को वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि छिट्टै उम्मेद्वारको सिफारिस गर्ने उनले जानकारी दिए ।

त्यस्तै आगामी १० दिनभित्रका जिल्लाका ११ वटै स्थानीय तहमा पालिकामा संयोजक तोकिने र आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान संचालन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

पार्टीका जिल्ला अध्यक्ष गुरुङको अध्यक्षता तथा जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य गण्डकी प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री शिवलाल थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - ०८:१४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology